Thursday, September 23, 2021
घरBanner Newsकाँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भोपाल, मध्य प्रदेश : भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण लिने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी ) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो ।

राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन । यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए ।

आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी काँग्रेस पार्टीको तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म साँसद भएका थिए यसअघि पनि उनले भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटक सम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी संहालीसकेका छन् । मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments