Tuesday, June 15, 2021
घरBanner Newsजनकपुर आउन पाएँ, धन्य छु: मुख्यमन्त्री योगी

जनकपुर आउन पाएँ, धन्य छु: मुख्यमन्त्री योगी

 जनकपुरधाम : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् ।विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आएका आदित्यनाथले लिखित जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि उनले लिखित सन्देश दिएका हुन् ।

उनले जनकपुरधाममा पूजाअर्चना गर्न र महाराज जनकको भूमिको यात्रा गर्न पाएकोमा आफू धन्य भएको उल्लेख गरेका छन् । साथै आफ्नो प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएकोमा उनले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments