Monday, June 14, 2021
घरBanner Newsउत्तर प्रदेशका मुख्यमन्त्री  जनकपुरधाम (फोटोफिचर)

उत्तर प्रदेशका मुख्यमन्त्री  जनकपुरधाम (फोटोफिचर)

 जनकपुरधाम : उत्तर प्रदेश राज्य भारतका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम आइपुगेका छन्। विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उनी बुधबार बिहान जनकपुर आइपुगेका हुन् । भिटी यूपीरे कलसाइनको निजी विमानबाट उनी जनकपुर आएका हुन ।

आदित्यनाथलाई विमानस्थलमा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत,सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल लगाएतले विमानस्थलमा स्वागत गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आजै जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका छन्।

मुख्यमन्त्री योगीसहितको जन्तीलाई सङ्घीय सरकारका संस्कृतिमन्त्री अधिकारी र प्रदेश नं २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका मन्त्रीले स्वागत गरेका थिए। मुख्यमन्त्री योगी विमानस्थलबाट सीधै जानकी मन्दिर गएका थिए । उनले त्यहाँ जानकीको सामान्य पूजा गरेर मन्दिर परिक्रमासमेत गरेका छन् । उनी अहिले प्रदेश सरकारले आयोजना गरेको विशेष भोजनमा सहभागीता जनाएका छन्  ।

अपराह्न २ बजे प्रदेश नं २ का मुख्यमन्त्री राउत र मुख्यमन्त्री योगीले रङ्गभूमि मैदान बाह्रबिघामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । योगी अपराह्न ४ बजे फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments