Sunday, August 1, 2021
घरTrendingगुण, दोषको आधारमा सरकारलाई समर्थन गरिने–संयोजक महतो

गुण, दोषको आधारमा सरकारलाई समर्थन गरिने–संयोजक महतो

विराटनगर : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताए।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उनले भने ।

संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारेका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments