मुम्बई : बेलायती म्यागेजिनले सार्वजनिक गरेको एसियाका कामुक महिलाको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छिन् ।
एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा सबैभन्दा धेरै भोट ल्याउँदै पर्न सफल भएकी थिइन् । भोटमा दीपिकाको कडा प्रतिस्पर्धा बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडासँग रहेको थियो ।
चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन् । यसपटक उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन् । तेस्रो स्थानमा निया शर्मा रहेकी छिन् ।