Wednesday, July 28, 2021
घरTrendingभारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

नयाँदिल्ली: भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् ।

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिनुभएको स्रोतले जनाएका छन् ।

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए ।

भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।

सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments