काठमाडौं: काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गङ्गा नगरकोटीले जानकारी दिए ।
अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ ।