Tuesday, September 21, 2021
घरBanner Newsइन्डोनेसियामा बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

इन्डोनेसियामा बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

जकार्ता: इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।

बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले बाढी पहिरोका कारण कैयौं घरहरु बगाएको वा भत्किएको पनि जानकारी दिएका छन् ।

एक अधिकारीले सिन्ह्वालाई फोनमा जानकारी दिँदै भन्नुभयो, “अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।”

घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको  स्थानिय सन्चारमाध्यहरुले  जनाएका छन् । बाढी र पहिरोबाट प्रभावितहरुलाई घटनास्थलबाट विभिन्न ठाउँमा स्थानान्तरण गरिएको र अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको छ ।

इन्डोनेसियामा हरेक वर्ष अत्यधिक वर्षासँगै बाढी र पहिरो आउने गरेको छ । बाढी पहिरोका कारण इन्डोनेसियामा प्रत्येक वर्ष हजारौँको ज्यान जाने गरेको छ भने त्योभन्दा धेरै विस्थापित हुने गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments