Tuesday, May 17, 2022
घरTrendingतीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

मार्तडी : जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ ।

दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको नेटवर्कका अध्यक्ष गोरख सार्कीले जानकारी दिए।

गाउँपालिकाका वडा नं ४ देखि ७ सम्मका ३१३ दलित परिवारको घर धुवाँमुक्त गर्नुका साथै उनीहरूको स्वास्थ्यस्तरमा पनि सुधार आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।

पहिलो चरणमा ३१३ परिवारलाई मात्र आधुनिक चुलो उपलब्ध गराइएकामा आगामी दिनमा सबैलाई पुग्ने गरी समन्वय गरिने भएको छ । बिकट हिमाली गाउँपालिकामा बिजुली बत्तीको निकै समस्या भएकाले दलित परिवारलाई सोलारका लागि पनि पहल गरिने अध्यक्ष सार्कीको भनाइ छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments