Sunday, October 17, 2021
घरBanner Newsकाठमाडौंमा १४ वर्षिया बालिका बलात्कृत

काठमाडौंमा १४ वर्षिया बालिका बलात्कृत

काठमाडौं । काठमाडौंमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा मकवानपुर हेटौंडाकी घर भई रानीवारीमा डेरागरी बस्ने बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको राजदेवी नगरपालिका ८ का १७ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका छन् । अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले जनाएको छ । यसअघि पनि नेपालटार, गोकर्णेश्वर लगायतका क्षेत्रमा बालिकाहरुमाथि बलात्कार भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments