काठमाडौँ : मेडिकल साइन्सले धेरै प्रगति गरिरहेको छ । विज्ञानको सहयोगले आज सेक्स परिवर्तन गर्न धेरै सजिलो भइसक्यो । केटा केटी बन्न सक्छन र केटी केटा बन्न सक्छन् । केही वर्ष अघि नेपालको चर्चित कलाकर सन्तोष पन्तको छोरा पनि सेक्स परिवर्तन गरेर छोरी भएकी थिईन् । १९ वर्षको उमेरमा उनले बैंककमा गएर सर्जरी गराएका थिए ।
मानिसहरुले के भन्छन्, के सोच्छन् ? यो एक यस्तो शब्द हो, जसले मानिसको मनमा जहिल्यै पनि एक डर पैदा गर्छ । मानिसहरु आफ्नै जीवन आफ्नो मर्जीले जिउन पाउदैनन् । समाजको डरले मानिसहरु आफ्नो इच्छा, आकंक्षाहरु दबाइदिन्छन् र पल पल मर्दै बाच्छँन् ।
तर अहिले समयले कोल्टे फेरिसकेको छ । पहिलाको जस्तो समय छैन् । धेरै बदलाव आइसकेको छ । गुजरातको अहमवादमा यस्ता मानिसहरुले शिर ठाडो बनाएर जिउने फैसला लिए, जसलाई समाजले जहिल्यै पनि नराम्रो नजरले हेर्छ ।
सेक्स परिवर्तन गर्नेको संख्या बढ्दोः
पहिलेको तुलनामा सेक्स परिर्वतन गर्नेको संख्या बढ्दो छ । भारतमा अपरेसन गरेर स्त्रीबाट पुरुष र पुरुषबाट स्त्री बन्नेको पहिलेको वर्षभन्दा ५ गुणा बढि छ । जानकारहरुको अनुसार ‘आइडेन्टिडि डिसअर्डर डिस्फोरिया’ को कारण ठुलो संख्यामा सेक्स परिवर्तन अपरेसन गर्नको लागि अघि छन् ।
समाजको डरले लुकाउछन्ः
सर्जरी गरिसकेको केहि मानिसहरुलाई सोध्दा उनीहरुले भने, ‘पहिले डर लाग्थ्यो कि के हुन्छ भनेर वा मानिसहरु के सोच्छन् भनेर ।’ तर हिम्मत गरेरै उनीहरुले सर्जरी गरेका हुन् । उनीहरु भन्छन्, ‘अझै पनि यस्ता धेरै मानिसहरु छन् जो आफ्नो सेक्स परिवर्तन गर्न चाहन्छन् तर समाजको डरले सर्जरी गर्न सक्दैनन् ।’
सेक्स परिवर्तन गर्ने दोब्बरः
अहमवादको प्रसिद्ध प्लाष्टिक सर्जन डा. पीके बिलवानीको अनुसार, १९७७ बाट अहिलेको समयसम्म करिव ४७ जनाले सेक्स परिवर्तन गर्न सर्जरी गराएका छन् । पहिलेको तुलनामा यस्तो सर्जरी गर्नेको संख्या धेरै बढेको छ । पहिले पहिले पाँच वर्षमा ४ वा ५ जना मात्र आउँथे भने अहिले संख्या बढेर दोब्बर भएको छ ।