Sunday, October 17, 2021
घरTrending‘न्याय नपाए सैनामैना जानू’

‘न्याय नपाए सैनामैना जानू’

रुपन्देही : न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ । मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिए ।

वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताए।

नगरप्रमुख चित्रबहादुर कार्कीले भने , “पहिले न्याय नपाए गोर्खा जानु भन्थे अब न्याय नपाए सैनामैना जानु भन्ने बनाउछन् । ” मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगरसभापती राम प्रसाद अधिकारी नेपाली कांग्रेस जिल्ला उप- सभापति फडिन्द्र शर्मा प्रमुख प्रशासकिय अधिकृत कृष्ण भण्डारी लगाएतले बोलेका थिए।

समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्याजस्ता विवादलाई समयमै निवारण नगर्दा अदालतसम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्षहुनुपर्नेमा नेकपाका नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिए ।न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डालगायत ४० उजुरी परेका छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments