Sunday, August 1, 2021
घरTrendingहलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा

हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा

काठमाडौं : हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौं आएका छन् । ‘द स्टोरी अफ गड’ टेलिभिजन श्रृखंलाको छायांकनका लागि उनी नेपाल आएका हुन् ।

टेलिभिजन श्रृखंला ‘द स्टोरी अफ गड’ नेशनल जियोग्राफी च्यानलमा प्रशारण हुन्छ । उनले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने बताइएको छ ।

अस्कर विजेता ८१ वर्षीय फ्रिम्यानले हलिउडका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनले ‘ग्लोरी’, ‘गोइङ इन स्टाइल’, ‘स्ट्रिट स्मार्ट’, ‘द रिडम्पशन’, ‘ब्रुस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।

सन् २००४ मा ‘मिलियन डलर बेबी’मा निभाएको उनको भूमिकाका लागि मोर्गनलाई सर्वोत्कृष्ट सपोर्टिङ एक्टरतर्फको अस्कर अवार्ड प्रदान गरिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments