Sunday, September 26, 2021
घरBanner Newsजनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल

दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको बताएका छन् ।

तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आइतबार भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको बताएका हुन् ।

कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको धारणा राखेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments