Sunday, September 26, 2021
घरविश्वकाश्मिरमा छ जना लडाकूको मृत्यु

काश्मिरमा छ जना लडाकूको मृत्यु

काश्मिर : भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ ।

गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए ।

काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा युद्ध भइसकेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments