Tuesday, June 15, 2021
घरविश्वफिजीमा शक्तिशाली भूकम्प

फिजीमा शक्तिशाली भूकम्प

लम्बासा, फिजी, ३ मङ्सिर  :टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन ।
गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो । फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments