Sunday, December 5, 2021
घरविश्वसैन्य परेडमा भएको आक्रमणको कठोर जवाफ दिने इरानी राष्ट्रपतिको चेतावनी

सैन्य परेडमा भएको आक्रमणको कठोर जवाफ दिने इरानी राष्ट्रपतिको चेतावनी

इरान : इरानका राष्ट्रपति हसन रुहानीले एहवाज शहरको सैनिक परेडमा भएको आक्रमणको कठोर जवाफ दिने चेतावनी दिएका छन् । शनिबार सैन्य परेडमा बन्दुकधारीले आक्रमण गर्दा २९ जनाको मृत्यु हुनुका साथै पचासभन्दा बढी घाइते भएपछि इरानी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रपति रुहानीले देशमाथि आउने सानोभन्दा सानो जोखिमको पनि कडा रूपमा प्रतिवाद गरिने बताए । उनले यस्ता घटनामा आतंकवादीहरूलाई सहयोग गर्नेलाई जिम्मेवार ठहराइनुपर्ने समेत बताए । यसैबीच, इरानी सेनाले आक्रमण इस्लामिक स्टेटले नभई दुई वटा खाडी देशहरूले गराएको बताएको छ ।

इरानले इजरायल र साउदी अरेबियालाई लक्षित गरी उक्त प्रतिक्रिया जनाएको हो । इरानले उसको क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियालाई इरानभित्र रहेका अल्पसंख्यक अरब समुदायले गर्ने पृथकतावादी गतिविधिलाई सहयोग गरेको आरोप लगाउने गरेको छ । इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको आरोप लगाएका छन् ।

तर आफ्नो दाबीलाई पुष्टि गर्ने केही सबुत भने उनले प्रस्तुत गरेका छैनन् । तर आक्रमणको जिम्मा भने सरकार विरोधी ‘एहवाज नेशनल रिजिस्टेन्स’ र इस्लामिक स्टेटले लिएका छन् । यसअघि पनि इस्लामिक स्टेटले इरानमा एउटा ठूलो आक्रमण गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments