Tuesday, September 21, 2021
घरखेलकुदला लिगा : रियल मड्रिडद्वारा स्पानियोल १-०ले पराजित

ला लिगा : रियल मड्रिडद्वारा स्पानियोल १-०ले पराजित

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । रियल मड्रिडले स्पानियोललाई १-० गोल अन्तरले हराएको हो । रियल मड्रिडको जितमा मार्को एसेन्सिओले ४१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

मार्कोले गरेको गोलले भिडियो एसिस्टेन्स रेफ्री, भिएआरको सहायताले लामो रिभ्यूपछि मात्रै मान्यता पाएको थियो । जितपछि रियल मड्रिड पाँच खेलबाट १३ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १२ अंक छ ।

गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई दुई शुन्यले हराउँदा एइबरले लेगानेसलाई १-० तथा एलाभेसले रायो भालेकानोलाई ५-१ ले पराजित गर्‍यो । सेल्टा डी भिगो र रियल भालाडोलिडले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments