Tuesday, September 21, 2021
घरBanner Newsराष्ट्रकवि घिमिरे एक सय वर्षमा, राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना

राष्ट्रकवि घिमिरे एक सय वर्षमा, राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ : राष्ट्रकवि माधव घिमिरे एक सय वर्ष पुगेका छन् । बिक्रम सम्वत १९७६ असोज ७ गते लम्मजुङ्गको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मदिनका अवसरमा परिवार र शुभचिन्तकले आज विशेष कार्यक्रम गर्दैछन् । सयौं जन्मदिनको अवसर पारेर आगामी असोज १३ गते रथयात्राको कार्यक्रम समेत राखिएको छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा उहाको निवास लैनचौरमा पुजा गर्नु हुदै । तस्बिर : प्रदीपराज वन्त,रासस

घिमिरेले कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध लगायतका क्षेत्रमा कलम चलाउदै आएका छन् । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काब्य सबैभन्दा चर्चित छ । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी कविता पनि धेरै मन पराईएका छन् ।

‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ लगायत गीत सर्वाधिक लोकप्रिय मानिन्छन् । घिमिरेले लामो समय प्रज्ञाप्रतिष्ठानमा समेत काम गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन् । लैनचौरस्थित राष्ट्रकवि घिमिरेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिएकी हुन् ।

उनले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गरिन् । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments