Sunday, June 13, 2021
घरBanner Newsआजबाट इन्धन बिक्री सहज हुने, तेल चाहिएजति छ : निगम

आजबाट इन्धन बिक्री सहज हुने, तेल चाहिएजति छ : निगम

काठमाडौं । तीन दिनदेखि पेट्रोल र डिजेल खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई आजबाट सहज हुने भएको छ । आजबाट तेल आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुने भएको हो ।

आयल निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको र निगमको निरन्तर दबाबपछि ट्यांकर चालक तेल भर्न रक्सौल गइसकेको अवस्थामा यातायात पनि सुचारु हुनुले आजबाट तेल भर्न लाइन बस्नु नपर्ने निगमको भनाइ छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तामा सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि तेल सहज हुने वातावराण बनेको हो । यसअघि मुलुकी संहिताको बिरोध गर्दै गत मंगलबारबाट यातायात मजदुर आन्दोलनमा थिए जसको प्रभाव पेट्रोलियम ढुवानीमा परेको थियो ।

बुधबार आवश्यकताभन्दा केही कम परिमाण तेल पम्पमा पुगेकाले बिहीबारको आपूर्ति असहज बनेको थियो तर, शुक्रबार उपभोक्ताले आवश्यकताभन्दा बढी माग गर्दा पम्पमा लाइन लागेको थियो । जसका कारण निगमले तेल बाँड्न कोटा प्रणाली लागू गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments