हनोई : भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको छ ।सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनेका थिए ।
गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए ।
हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उहाँले सार्वजनिक रुपमा दुई दिन अगाडिमात्र भेटवार्ता गरेका थिए। कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहनुभएका राष्ट्रपति ट्रानको पार्टीभित्र गहिरो प्रभाव रहेको छ । एएफपी