Wednesday, June 16, 2021
घरविश्वबहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

बहराइच: भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ ।

अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, “ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।”

सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको उनले बताए । “हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्यबोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।” गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो । एएनआई

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments