Tuesday, June 15, 2021
घरविशेषललितपुर क्षेत्रका ४ वटा वधशालामा शील 

ललितपुर क्षेत्रका ४ वटा वधशालामा शील 

ललितपुर । कृषि मन्त्रालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा बिभाग, महानगरपालिकाको संयुक्त अनुगमन टोलीले आज बिहान ललितपुर क्षेत्रका ५ वटा बधशालाको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा न्युनतम मापदण्ड पूरा नगर्ने ४ वटा वधशालामा शील गरिएको छ भने एउटालाई सचेत गराइएको जनाईएको छ ।

आर के मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल साहीले सञ्चालन गरेको बधशालामा सिल गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। लक्ष्मी मिट सपलाई भने सचेत गराइएको विभागले जनाएको छ । अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो । त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments