Wednesday, October 27, 2021
घरविश्वलैङ्गिकअल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

लैङ्गिकअल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

इस्लामावाद: पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ । पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सवै सरकारी अस्पतालमा  लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको हो ।

स्थानीय सञ्चार माध्यमहरूले बिहीबार जनाएअनुसार लाहोर उच्च अदालतले प्रान्तीय सरकारलाई त्यसको सुनिश्चतता गर्न निर्देशनात्मक आदेश दिएको छ । अदालतको आदेशमा लैङ्गिक अल्पसङ्ख्यकलाई सम्भव भएसम्मको सवैभन्दा राम्रो स्वास्थ्य सेवा दिन पनि भनिएको छ ।

यसअघि स्वास्थ्य विभागले लैङ्गिक अल्पसंख्यकलाई छुट्टै सेवाको व्यवस्थाका लागि विभिन्न तयारीहरू गरिरहेको जनाएको थियो । पुनरावेदन अदालतले पनि यसअघि लैङ्गिक अल्पसङ्ख्यकलाई सार्वजनिक अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको थियो । सिन्ह्वा

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments