Friday, July 30, 2021
घरविश्वट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका छन्।

दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । तीन दिन अगाडी गत मंगलबारदेखि शिखर सम्मेलनका लागि उत्तर कोरियाको राजधानी प्योङ्योङ्मा रहनु भएका मुनले पत्रकार सम्मेलनम सम्वोधन गर्ने क्रममा ट्रम्पसँग किमले भेट्ने विषयलाई जोड दिए ।

मुनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको पनि जानकारी दिए । मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो ।

त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ ।

दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङ्याङ्मा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् । कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ ।

सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भने, “उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।” यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरियासँग नयाँ चरणको सम्झौता गर्न अमेरिकाले आन्तरिक तयारी गरिरहेको बुधबार बताए । सिन्ह्वा

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments