Tuesday, October 26, 2021
घरBanner Newsयातायात व्यवसायीले धोका दिँदा रित्तै हात फर्के यात्रु

यातायात व्यवसायीले धोका दिँदा रित्तै हात फर्के यात्रु

काठमाडौँ : विजयादशमीका अवसरमा आजदेखि अग्रिम टिकट बुकिङ खोल्ने भनिए पनि यातायात व्यवसायीले टिकट वितरण नगर्दा यात्रु मारमा परेका छन् । टिकट काट्न बिहानै बसपार्क लगायत काठमाडौंका विभिन्न ठाउँमा रहेका काउन्टर पुगेका यात्रुले अग्रिम टिकट पाएनन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते भएको सहमति अनुसार असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनको टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।

टिकट काट्न बिहानै यात्रुहरुको भीड नयाँ बसपार्कमा लागिसकेको थियो । तर व्यवसायीले भने अग्रिम टिकट वितरण गर्न नसकिने जनाएपछि खाली हात फर्किनुपरेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले जानकारी दिए ।
उनका अनुसार बिहान सबेरै टिकट काट्नेको भीड नयाँ बसपार्कमा लागेको थियो ।

यता व्यवसायीले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै अग्रिम टिकट बुकिङ खुला नगरेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी मारको परेको बताए । उनले भने, ‘मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला गर्न सकिन्न ।’

महासङ्घले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments