Sunday, December 5, 2021
घरविश्वजापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

टोकियो: जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको छन् । उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो ।

नेता इसाबा जापानको पूर्व रक्षामन्त्री थिए। जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित हुनुभएको हो । उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ । एएफपीं

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments