Tuesday, June 15, 2021
घरसूचना प्रविधिकुखुरा पहिला कि अण्डा पहिला ?

कुखुरा पहिला कि अण्डा पहिला ?

कुखुरा पहिला कि अण्डा पहिला ? यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरा नै पहिला आएको थियो ।’ब्रिटेनका वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त निष्कर्षमा पुगेको बताएका छन् ।

वैज्ञानिकका अनुसार अण्डामा रहने छिल्कामा एउटा महत्वपुर्ण प्रोटिन हुने गर्छ । त्यो मात्र कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ । अण्डाभन्दा पहिला कुखुरी आएको उनीहरुको दावी रहेको छ ।वैज्ञानिकले यसबारे पहिला नै जानकारी थियो कि ओसी–१७ नामक प्रोटीनले अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ । नयाँ प्रबिधिको प्रयोग गर्दै ओसी–१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए ।

जब क्यालसियम कार्बोनेटसँग ओसी–१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ । यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका छन्,‘अण्डा दिने पंछी र केही अन्य प्रजातिको समागले कुखुराको जन्म भएको हो ।’यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।
संभार: बिबिसी हिन्दी

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments