Sunday, September 26, 2021
घरविश्वसरिफलाई रिहा गर्न अदालतको आदेश

सरिफलाई रिहा गर्न अदालतको आदेश

इस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।

भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उहाँका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी भएको थियो ।

उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उहाँ बेलायतबाट स्वदेश फर्किएका  थिए। सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो ।

भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो ।

उनीहरुलाई यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । पुनरावलोकनलाई लागि उनिहरुले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो । उनले आफूहरुलाई लगाइएको आरोप गलत भएको र राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताउँदै आएका छन् ।

सरिफकी क्यान्सरपीडित श्रीमती कुलसुम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ । कुलसुमको अन्तिम संस्कारमा सहभागी हुन नवाज र मार्यम दुवैलाई अनुमति दिइएको थियो र सहभागी भएपछि फेरि जेलमै राखिएको थियो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बुधवार अबेर सम्ममा जमानतमा उनीहरु रिहा हुने अनुमान गरिएको छ । एएफपी

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments