Monday, May 16, 2022
घरजीवनशैलीलक्ष्मीको पार्लरमा किन पुगे धिरेन र रविन्द्र?

लक्ष्मीको पार्लरमा किन पुगे धिरेन र रविन्द्र?

कलाकार धिरेन शाक्य र रविन्द्र खड्का सहितका कलाकार बुधवार सुन्धारामा रहेको काठमाण्डौ मलको एउटा ब्युटिपार्लरको उदघाटनका गर्न पुगे । विगत लामो समय देखी सौन्दर्यको क्षेत्रमा काम गर्दै आएकी लक्ष्मी मल्लले संचालन गरेको लक्ष्मी ब्युटि स्टुडियो एण्ड युनिसेक्स सैलुनमा उनीहरु जम्मा भएका थिए । गुणस्तरीय र सस्तो सेवा प्रदान गर्ने उदेश्यका साथ काठमाण्डौ मलको चौथो तल्लामा सो सैलुन खोलिएको संचालक मल्लले बताइन् । बजारमा रहेका सयौ ब्युटि पार्लर भएपनि आफुलाई अब्बल सावित गर्दै सेवा प्रदान गर्ने उदेश्य संचालक मल्लले राखेकी छिन् । कलाकार धिरेन शाक्यले ब्युटि पार्लरको उदघाटन गर्दै ब्यवसाय सफलताको कामना ब्यक्त गरे । प्रतिस्पर्धाको बजारमा उत्कृष्ट सेवा दिने अपेक्षा लक्ष्मी ब्युटि स्टुडियो एण्ड युनिसेक्स सैलुनको रहेको छ । महिला र पुरुष दुवैका लागी सौन्दर्यसँग सम्बन्धित सवै खाले सेवा दिने लक्ष्य सो ब्युटि पार्लरको छ । फिल्म क्षेत्रका अन्य ब्यक्तित्वहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको संचालक लक्ष्मीले जानकारी दिइन् । कलाकारिता क्षेत्रका अन्य धेरै ब्यक्तित्व पनि उदघाटनका बेला उपस्थित थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments