Friday, July 30, 2021
घरसमाचार‘संविधान परिमार्जन गर्ने प्रक्रिया शुरु’

‘संविधान परिमार्जन गर्ने प्रक्रिया शुरु’

विराटनगर : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताए । उनले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको बताएका छन् ।

स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments