Sunday, December 5, 2021
घरखेलकुदअफगानिस्तानद्वारा नेपाललाई चुनौती

अफगानिस्तानद्वारा नेपाललाई चुनौती

काठमाडौँ : भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो ।

अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । अफगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे ।

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले दुई÷दुई विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments