Wednesday, September 22, 2021
घरBanner Newsकाठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतिपुर्ण बन्दै

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतिपुर्ण बन्दै

१ असोज ,काठमाण्डौ ।  काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दैनीक रुपमा काठमाण्डौमा मात्र करीव १० लाख भन्दा बढी सवारी साधन संचालन हुने गरेका छन् । ट्राफिक व्यवस्थापनकालागी ट्राफिक प्रहरीले विभिन्न सचे्तनामुलक कार्यक्रम गरीरहेको छ ।

दुर्घटनामा कमी आएन
विगतका बर्षहरुमा भन्दा यो बर्ष सवारी दुर्घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । काठमाण्डौ उपत्यकामा कूल दुर्घटनाको ८० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको छ । नेपालमा न त सडक व्यवस्थित छ, न त सवारी । ट्राफिक नियम र व्यवस्थापनमा पनि धेरै कमजोरी छन् । जसका कारण सडकमा हुने दुर्घटनाको संख्यामा कमी आउन सकेको छैन ।

काठमाण्डौ उपत्यकामा हुने दुर्घटनाको पछिल्लो तथ्याङ्कअनुसार साना सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४–७५ मा काठमाण्डौ उपत्यकामा भएको ६ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले ५ हजार ९ सय ६१ वटा दुर्घटना भएको छ ।

चालकको लापरबाहीअन्तरगत तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१ र ओभरटेकका कारण २९ वटा दुर्घटना भएका छन् । त्यसैगरी यान्त्रिक गडबडीले ४४, पैदलयात्रुको लापर्वाहीले तीन र सडकमा भएको समस्याका कारण ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी २ सय १९ गम्भीर र चार हजार ३ सय ३३ सामान्य घाइते भएका छन् ।

बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ । बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै ९ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्र्दछन । आव २०७४–७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको छ । दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७५–७६ को साउन महिनासम्ममा ४६४ सवारी दुर्घटना भइसकेका छन ।

ट्राफिक सचेतना कक्षा
सवारी दुर्घटना न्युनीकरण गर्नकालागी महाशाखाले विभिन्न माध्यमबाट सचेतना कक्षा समेत संचालन गरेको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा पर्ने गरेका छन् भने सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ ।

ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक बिहान ९ बजे देखी अप्रहान्न ४बजे सम्म ट्राफिक प्रहरी महाशाखामा संचालन हुनेछ । सचेतनाका कारण चालकहरुको लापवार्ही कम हुन थालेको महाशाखाले जनाएको छ ।

कारवाही विवरण
क) मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुले कारवाही परेको भोलीपल्ट आफ्नो परिचय खुल्ने परिचय पत्र साथमा लिई ट्राफिक प्रहरी महाशाखामा उपस्थित भई बिहान ९ बजेदेखी संचालन हुने मापसे सचेतना कक्षामा समावेश हुनुपर्ने छ । उक्त कक्षा लिइसकेपछि कक्षा लिने प्रशिक्षकको २४ घण्टे पुरर्जिमा हस्ताक्षर गर्राई नजिकको ग्लोबल आई र्एमई बैंकमा कसुर बापतको जरिवाना रु १००० (एक हजार) बुझाई भरपाई लिनुपर्ने छ ।

त्यस मध्य एक प्रति भौचर सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा बुझाई आफ्नो सवारी साधनको कागजपत्रहरु (सवारी दर्ता किताब, सवारी चालक अनुमति पत्र) र सवारी साधन बुझिलिनुपर्ने व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।

ख) मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुको अभिलेख राखिनेछ । पटक पटक गल्ती दोहराउने चालकहरुको चालक अनुमती पत्रमा अभिलेख राख्ने क्रममा प्वाल पारिनेछ ।

कुनै पनि व्यक्तिले पाँच पटक सम्म यस्ता कसुर गरेमा पाचौँ पटकमा निजको सवारी चालक अनुमतिपत्र निलम्बन तर्फकारवाही गरिनेछ । त्यस्तै अन्य गम्भीर प्रकृतिका सवारी नियम उल्लंघन गर्नेहरुको पनि अभिलेख राखिनेछ र पाँच पटक एउटै गल्ती दोर्हयाएमा निलम्बन तर्फ कारवाही हुनेछ ।

मोवाइल एप्लीकेसन
सबैमाझ सुचना पुर्याउन २०७३ वैशाख २० गतेदेखी ट्राफिक पुलिस नेपाल नामक मोवाइल एप्लीकेसन समेत त्याएको छ । एप्लीकेसनका प्रयोगकर्ताले उपत्यकाको ट्राफिक अबस्थाको ताजा जानकारी तथा ट्राफिक सम्बन्धी जनचेतनामुलक भिडियो, गीत, डुकमेन्ट्री ,तस्वीर र ट्राफिक संकेत समेत पढ्न, हेर्न र सुन्न सक्नेछन् । यसै गरी एप्लिकेसनमा ट्राफिक सम्बन्धि गुनासा, सुझाव, जिज्ञासा भएमा पब्लिक आई मार्फत सुचना पठाउन सकिने छ ।

के तपाईको सवारी साधन चोरी भएको छ ?

१) कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तपाईले तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउनुपर्छ  वा यस महाशाखाको Exchange Number हरु ०१४२१९६४१मा सम्पर्क गरी VSU शाखाको Extension Number २११ मा  सम्पर्क  गरेर छिटो भन्दा छिटो सूचना दिनुपर्छ ।

२) फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथ काठमाण्डौं मा गई निवेदन दर्ता गराउनुपर्छ।

काठमाण्डौमा १ हजार ८५ ट्राफिक प्रहरी
पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । काठमाण्डौ उपत्यकाको ट्राफिक परिचालन व्यवस्थापनको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्य क्षेत्र भित्र रहेको छ । काठमाण्डौ उपत्यकामा हाल १ हजार ८५ ट्राफिक प्रहरी खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments