Wednesday, June 16, 2021
घरमनोरञ्जनकिराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ' प्रदर्शनमा आउँदै

किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ प्रदर्शनमा आउँदै

काठमाडौ : किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ को ‘च्यारिटी सो’ सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यालय कोटेश्वरमा खचाखच भरिएका दर्शकका बीचमा चलचित्र देखाइएको थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी, संगीतकर्मी एवं उल्लेख्य योगदान दिने सञ्चारकर्मीलगायतलाई सम्मान गरिएको थियो ।

किरात रार्इ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता तथा कथा लेखक साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी भएर किराँतहरुको कला र संस्कृतिलाई जगेर्ना गरेको र साहसी काम गरेको भन्दै धन्यवाद दिए ।

चलचित्रकी निर्मात्री साया रार्इले आफ्नो जातिभित्रको कला संस्कृति बचाउन र आफ्नी आमाको सपना पुरा गर्न चलचित्र निर्माण गरेको बताइन् ।’कैंयौ कुरा आमाको डायरी कथाबाट पनि सिक्न मौका पाए,’ उनले भनिन्, ‘चलचित्र निर्माण गर्दैगर्दा निकै दुःख पनि पाइयो । आफ्नै समुदाय यायोक्खाको केहि व्यक्तिले खुट्टा तान्न खोजे ।’

उनले सहयोग गर्छु भन्ने तर सहयोग भने नपाएको उल्लेख गर्दै चलचित्र निर्मात्री रार्इले भनिन्, ‘पहाडी र विकट ठाउँमा सुटिङ गर्नु परेकोले निकै अप्ठयाराहरु आए । हिउँ र असिनासँग लड्दै यो सुटिङ गर्दा आफू अचेत हुने गरी विरामी पनि भए ।’

अर्का निर्माता पदम लिम्बु पावलले चलचित्रमा सोचेभन्दा बढी लगानी गर्नुपरेको बताए । उनले भने, ‘विकट ठाउँमा लामो समय सुटिङ गर्दा खर्च बढ्यो । तर पनि चलचित्र राम्रो बनेको छ । हामी एकदम खुसी छौं ।’

निर्देशक भगिराज रार्इले चलचित्र निर्माणका क्रममा थुप्रै चूनौतीको सामाना गर्नु परेको बताए । मौसम प्रतिकुल भएका कारण पनि छायाँकनमा निकै चुनौती झेल्नु परेको उनले अनुभव सु्नाए । क्यान्सर पीडित रोजिना नेपालीको स्वास्थ्य उपचारको लागि सहयोग स्वरुप च्यारिटी शो को आयोजना गरिएको हो । कार्यक्रममा रोजिना नेपालीलाई ३२ हजार र सुन्दर नेम्वाङलाई १० हजार रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको उक्त चलचित्र साया रार्इले निर्माण गरेकी हुन् । फिल्ममा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गर्न खोजिएको दृश्यहरु समावेश गरिएको छ । फिल्मको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि फिल्म नेपाली भाषामा रहेको छ ।

चलचित्रको शो को लागि पूर्वी नेपालका विभिन्न ठाउँका साथै विदेशमा पनि शो हुन लागेको कार्यक्रममा जानकारी गराइयो । फिल्मको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

फिल्ममा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय छ । फिल्ममा भगिराज लेखन, भक्त सुनुवार र उदय नेमबाङको संगीत, देबजंग थापाको सम्पादन रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments