Tuesday, June 15, 2021
घरBanner Newsमध्यरातमा मन्त्रिपरिषद् बैठकका ६ निर्णयः वायूसेवा निगममा खरेल नियुक्त

मध्यरातमा मन्त्रिपरिषद् बैठकका ६ निर्णयः वायूसेवा निगममा खरेल नियुक्त

काठमाडौँ : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले झापाका खरेललार्इ निगमको नेतृत्वको जिम्मा दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको मन्त्री बाँस्कोटाले बताए ।

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्‍याउनुहुने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको पनि गरेको छ । मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ ।

त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments