Monday, June 14, 2021
घरBanner Newsनिर्मला पन्त हत्या प्रकरण : थप दुर्इ डिएसपीसहित पाँच प्रहरी निलम्बित

निर्मला पन्त हत्या प्रकरण : थप दुर्इ डिएसपीसहित पाँच प्रहरी निलम्बित

काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलार्इ सरकारले निलम्बन गरेको छ ।

शनिवार साँझदेखि लागू हुने गरी प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको हो ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार प्रहरी अधिकारीलार्इ निलम्बन गरिएको हो । समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालार्इ प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनमा अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले उनीहरुलार्इ निलम्बन गरिएको हो । सरकारले यसअघि नै प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलार्इ निलम्बन गरी छानविन गरिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको बताए ।

पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments