काठमाण्डौ, अलगधार
बाल दिवसको अवसरमा रिवाज विमेन्स फेलो नामक एक संस्थाका पदाधिकारीले काठमाण्डौको कमलपोखरीमा रहेको कमल स्कुलका अनाथ बालबालिकासँग अनुभव साटासाट गरे । सो अवसरमा उनीहरुले अनाथ बालबालिकालाई खाजा ख्वाउनुका साथै अन्य केही सहयोग पनि गरेका थिए । विधिवत रुपमा गठनको तयारीमा रहेको संस्थाले हरेक दिवसलाई यसरी नै साथर्क बनाउने लक्ष्य लिएको रिवाजका पदाधिकारीहरुले जनाएका छन् । सो स्कुलमा झण्डै दुई दर्जन अनाथ बालबालिका रहेका छन् । अन्य विद्यार्थीहरु बाहिरबाट पढ्न आएपनि ति अनाथ बालबालिका स्कुलमा नै बसेर अध्ययन गर्दै आएका छन् । उनीहरुलाई अध्ययनका लागी स्कुलले नै ब्यवस्था गरेपनि पर्याप्त छैन । त्यसैले विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा स्कुलले गर्दै आएको छ । अनाथ बालबालिकालाई सुत्नका लागी र औषधी उपचारका लागी पनि समस्या भएकाले आगामी दिनमा थप सहयोग गर्न तयार भएको संस्थाले जनाएको छ । बाल दिवसको अवसर भन्दै विभिन्न सेमिनार गोष्ठी र ¥यालीमा राम्रो रकम खर्च गर्ने नियत राख्नेहरुका लागी रिवाज समुहले गरेको यो कार्यले ठुलो सन्देश दिएको छ । बाल बालिकाको अधिकार सुनिश्चित गर्नका लागी काम नै गर्नुपर्छ भन्ने सन्देश दिनका लागी पनि यस्तो कर्म गरिएको संस्थाले जनाएको छ ।
‘रिवाज’ले यसरी मनायो बाल दिवस
RELATED ARTICLES