Tuesday, October 26, 2021
घरBanner Newsराष्ट्रिय बाल दिवस मनाइदै

राष्ट्रिय बाल दिवस मनाइदै

२९ भदौ , काठमाण्डौ । सुखी नेपाली, समृद्ध नेपालस् बालअधिकार सबैको सरोकार’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । तर पछिल्ला घटनाक्रमले दिवसको सान्दर्भिकता माथि नै प्रश्न उठेको छ । दिवस दिवसका लागि मात्रै भएको तर बालबालिकाहरु अझै सुरक्षित नभएको भन्दै सरोकारवालाले समेत चिन्ता व्यक्त गरेको छन् ।

यसैबीच दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । यस्तै मुलुकभर सरोकारवाला संस्थाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालमा बालदिवसको थालनी
नेपालमा वि.सं २०२१ सालको भाद्र ४ गतेदेखि बालदिवस मनाउन शुरु गरिएको हो . राष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी वि.सं २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर् यो ।

वास्तवमा बि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि(१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।
आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो ।

त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ । २०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि(१०८९ २० नोवेम्बरलाई सन् १९९० १४ सेप्टेम्बर २९ भाद्र मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो ।

२९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ ।बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो ।

कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको हुनाले यस दिन अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । बालबालिकाको चासोका विषयलाई संघको ’चार्टर’ मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो । बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रुपमा उठिरहेको बिषय हो ।

तर पनि हामीले बालदिवसलाई धेरै औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ ।

बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्प्रिभाषित गरिनुपर्दछ ।

तिनीहरुको पुनब्र्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको बिषयमा के कस्ता राम्रा काम गर् यौं कति उपलब्धी प्राप्त गर् यौ कति चुनौतीहरु आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरुको समीक्षा हुनु पनि जरुरी छ ।

नेपालको संविधान २०७२ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिए अनुसार :

१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण जन्म दर्ताको हक हुने छ ।

२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्यारसुसार खेलकुद मनोरञ्जन तथा सर्वा्गिण व्यक्तित्व विकासको हक हुने छ ।

३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुनेछ ।

४) कुनै पनि बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

५) कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसरा र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन् ।

६) कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन् ।

७) शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन् ।

८) बाल अनुकुल न्यायको हक हुनेछ ।

९) जोखिमा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।

उपधारा १० मा कानुन विपरित बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बालबाल विवाह गैरकाुननी असोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुव्यवहार उपेक्षा, शारिरीक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा काुनन बमोजिक दण्डनिय, सजाय वा क्षतिपूर्ति हुनेछ ।

अधिकार र दायित्व
अधिकार नभइ नहुने र प्राप्त गर्नुपर्ने कुरा भएता पनि अर्को पाटोमा दायित्व र कर्तव्य पनि उत्तिकै महत्वपूर्ण कुरा हो ।

१) बालबालिकाले आफ्नो बिचार भावना भन्न पाउनु र उनीहरुको कुराको सुनुवाई हुनु अधिकार हो भन्ने अरुको कुरा ध्यान दिएर सुन्नु अरुको विचार बुझ्नु जथाभावि नबोल्नु जिम्मेवारी हो । बालबालिकाका मनका कुरा र भावनालाई बुझिदिनु अरु सबैको दायित्व हो ।

२) गुणस्तरिय जीवन उपयोगी शिक्षा पाउनु अधिकार हो, ध्यान दिएर जतनका साथ पढ्नु जिम्मेवारी बालबालिकालाई उपयुक्त वातावरण निर्माण गरि उपयुक्त पठनपाठन मिलाउनु हामी सबैकोे सन्दर्भ हो ।

३) खोप पाउनु, विरामी हुँदा औषधि उपचार, रोग लाग्नबाट बच्ने उपाय थाहा पाउनु अधिकार स्वास्थ्य सरसफाईमा ध्यान दिनु हाम्रो जिम्मेवारी ।

बालबालिकालाई चाहिने खोप स्वास्थ्य सेवा दिनु सबैको दायित्व ।

४) छोराछोरी सबैले समान रुपमा अभिभावकबाट हेर विचार र माया पाउनु अधिकार सानालाई माया गर्नु ठूलालाई आदर गर्नु हाम्रो जिम्मेवारी हो ।

‘बालबालिकाहरुलाई उचित हेरविचार र माया गर्नु अरु सबैको दायित्व’

५) दुव्र्यवहार र हेलाबाट जोखिनु पाउनु बाल अधिकार हो भने मननपर्ने व्यवहार नगर्नु हाम्रो जिम्मेवारी
बालबालिकालाई हेला, हेपाई, दुव्र्यवहार नगर्नु सबैको दायित्व हो ।

६) शारीरिक,मानसिक तथा अन्य अपाङ्गता भएका बालबालिकाले विशेष सुविधा सहयोग र संरक्षण पाउनु अधिकार हो भने उनीहरुलाई सहयोग गर्नु उपलब्ध सेवा सुविधाको सदुपयोग गर्नु हाम्रो जिम्मेवारी, त्यस्ता बालबालिकालाई विशेष व्यवस्था गरिदिनु सबैको दायित्व ।

७) स्वच्छ वातावरण पोषणयुक्त खाना अतिरिक्त क्रियाकलापमा सहभागिता मनोरञ्जन गर्न पाउने बालबालिकाको अधिकार हो भने वातावरण जोगाउनु, नियमित खानेकुरा बाँडिचुँडि खानु मिलेर सुरक्षित स्थानमा खेल्नु हाम्रो जिम्मेवारी ।

बालबालिका रहने ठाउँ सफासुग्घर राख्नु, पोषणयुक्त खाना प्रदान गर्नु मनोरञ्जन र अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु हामी सबैको दायित्व हो ।

८) बालबालिकाको जीवनमा असर गर्ने कुराको निर्णय गर्दा सहभागि हुन पाउने अधिकार हो । बिचार पु¥याएर निर्णय गर्न सघाउनु हाम्रो जिम्मेवारी हो । निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागीता र उनीहरुको विचारको कदर गर्नु हामी सबैको दायित्व हो ।

९) श्रम शोषणबाट जोखिन पाउनु अधिकार हो भने आफ्नो विकासमा असर नपर्ने गरी घरपरिवारको काममा सुघाउनु र सिक्नु जिम्मेवारी बालबालिकाको श्रमशोषण नगर्नु विकासमा असर गर्ने गर काममा नलगाउनु सबैको दायित्व हो ।

१०) नयाँ कुरा सिक्न जान्न हेर्न पाउनु अधिकार हो, सिकेका कुरा अरुलाई सिकाउनु र नजानेका कुरा जान्नु जिम्मेवारी नयाँ कुरा सिकाउनु र देखाउनु सबैको दायित्व ।

११) लिङ्ग , जात, धर्म, धनी, गरेको आधारमा भेदभाव हुनबाट जोगिन पाउनु अधिकार हो, समान व्यवहार गर्नु जिम्मेवारी र दायित्व हो ।

१२ ) परिवारको माया, स्नेह र असल व्यवहार पाउनु अधिकार हो । राम्रो व्यवहार गर्नु मिलेर बस्नु जिम्मेवारी हो ।

१३) कठोर सजाय, यातना तथा कानुनी कार्वाही हुनबाट जोगिन पाउनु, गल्ती सुधार गर्ने मौका पाउनु अधिकार हो । नराम्रो गतिविधिमा नलाग्नु कानुनको पालना गर्नु र असल नागरिक बन्नु जिम्मेवारी कानुनी कार्वाही गर्दा बाल न्याय प्रणाली अपनाउनु सबैको दायित्व हो ।

१४) सुरक्षा र संरक्षण पाउन अधिकार हो भने आफ्नो हितको बारेमा सचेत रहनु, दुर्वेसनिमा नलाग्नु जिम्मेवारी हो । बालबालिकाको सुरक्षा र संरक्षण गर्नु सबैको दायित्व हो ।

१५) सुचना र जानकारी पाउनु हाम्रो अधिकार हो । बालबालिकालाई नराम्रो असर पर्ने सुचना तथा जानकारीबाट टाढा रहनु जिम्मेवारी सुचना र जानकारी बाल उपयोगी बनाउनु हामी सबैको दायित्व हो ।

राजनीतिक स्वार्थ, सशस्त्र द्वन्द्व, हिंसा लडाइमा प्रयोग हुनबाट जोखिन पाउनु अधिकार हो भने त्यस्ता गतिविधिबाट टाढा रहनु हाम्रो जिम्मेवारी हो । ‘बालबालिका शान्ति क्षेत्र हुन भन्ने मान्यताको पालना गर्नु हामी सबैको दायित्व हो ।’ बालविवाह, यौनशोषण, परम्परागत कुरिति र अन्धविश्वासबाट बच्न पाउने अधिकार हो भने बचाउँनु हाम्रो जिम्मेवारी र दायित्व हो ।

बाल दिवसलाई बालबालिकाकै सक्रिय सहभागितामा मनाऔँ । उनीहरुको सृजनात्मक क्षमता अभिवृद्धि, हक अधिकारको संरक्षणसंगै, बालबालिकालाई प्रत्याभुति गराउने खालका गतिविधि गरेर उनीहरुको भवना, चाहाना र ईच्छालाई मध्यनजर गर्दै समृद्ध समाज निर्माणमा दायित्व र जिम्मेवारी बोध गराऔँ ।

बालअधिकार संबन्धी संयुक्त राष्ट्रसघीय महासन्धीमा भएको व्यवस्था : 

धारा १

बालबालिकाको उमेर
अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिन्छ र तर कुनै देशको कानुनमा वयस्कको उमेर अठार वर्षभन्दा कम तोकिएको छ भने कानुनमा तोकिएअनुसार मानिने छ ।

धारा २

पक्षपात गर्न पाइँदैन
बालबालिका वा उनका आमाबाबु वा बालबालिकाका वैधानिक अभिभावकरसंरक्षक जुन सुकै जात, रंग, लिंगको भए पनिस तिनले जुन भाष बोले पनि वा जुन धर्म माने पनिस तिनका राजनीतिक वा अन्य विचारहरू जे भए पनिस तिनीहरु जुन राष्ट्र वा सामाजमा जन्मेको भए पनिस धनी वा गरिब भए पनि तथा अपांग वा सद्धे अंगको भए पनि उनीहरुलाई ती कुराका आधारमा पक्षपात गर्न पाइँदैन । राज्यले यो कुराको जिम्मा लिनु पर्छ ।

धारा ३

बालबालिकाको हितलाई प्राथमिकता
बालबालिकाको सम्बन्धमा गरिने सबै प्रकारका काम उनीहरूको उच्चतम हितलाई ध्यानमा राखेर गरिनु पर्नेछ । आमाबाबु वा अन्य जिम्मेवार व्यक्तिले बालबालिकाको हितमा काम गरेन भने त्यस्ता बालबालिकाको स्याहार संभारको व्यवस्था गर्ने जिम्मा राज्यले लिनु पर्छ ।

धारा ४

अधिकारहरूको कार्यान्वयन
यस महासन्धिमा उल्लेखित सबै अधिकारहरू उपभोग गर्ने गराउने कुरा सुनिश्चित गर्न राज्यले व्यवस्था गर्नुपर्छ ।

धारा ५

मातापिताको भूमिका
महासन्धीले स्वीकार गरेका अधिकारहरु उपभोग गर्न बालबालिकालाई उनका आमाबाबु र परिवारका सदस्यहरुले दिने परामर्श र सहयोगलाई राज्यले मान्यता दिनु पर्छ ।

धारा ६

दीर्घ जीवन र विकास
बाँच्न पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । बालबालिकाको जीवन रक्षा र विकासको लागि राज्यले बढीभन्दा बढी सम्भव भएका सबै उपाय लागू गर्नु पर्छ । साथै राज्यले बाल मृत्यु दर घटाउन र दीर्घ जीवनका लागि कुपोषण र महामारीको अन्त्य गर्नुपर्छ ।

धारा ७

नाम र राष्ट्रियताको अधिकार
जन्मेदेखि नै हरेक बालबालिकाको आफ्नो नाम र राष्ट्रियता पाउने अधिकार हुन्छ । कुनै पनि बालबालिका नाम र देश बिनाको हुनु हुँदैन ।

धारा ८

आफ्नो परिचयको संरक्षण
बालबालिकाको नाम, राष्ट्रियता र पारिवारिक सम्बन्ध, नाता जस्ता कुराहरूले बालबालिकालाई चिनाउँछ । राज्यले बालबालिकाको यो चिनारी वा परिचयलाई कायम राख्नु वा संरक्षण गर्नु पर्छ ।

धारा ९

आमाबाबुसँगै बस्न पाउने अधिकार
हरेक बालबालिकालाई आफ्ना आमाबाबुसँग बस्ने अधिकार छ । कुनैकुनै मामिलामा, जस्तै बाबुआमाले छोराछोरीप्रति दुर्व्यवहार गरेमा, उनीहरुलाई आमाबाबुसँग बस्न दिनु संभव हुँदैन । यस्तो अवस्थामा राज्यले उनीहरूलाई आफनो आमाबाबुसँग बेलाबेलामा भेटने व्यवस्था मिलाउनु पर्छ । तर त्यसरी भेट्दा बालबालिकालाई हानीनोक्सानी हुँदैन भने मात्रै भेट्न दिनु पर्छ ।

धारा १०

पारिवारिक पुनर्मिलन तथा सम्बन्ध कायम राख्न पाउने
बालबालिकालाई आमाबाबुसँग पुनर्मिलन गरी सँगै बस्न वा बालबालिका र आमाबाबुबीच सन्तान र आमाबाबुबीचको सम्बन्ध कायम राखिराख्नका लागि बालबालिकाले कुनै वा आफ्नै देश छाडेर अर्को देशमा जानु पर्ने अवस्था हुनसक्छ । त्यस्तो अवस्थामा हरेक बालबालिकाको कुनै देश छाडने र अर्को देशमा प्रवेश गर्ने अधिकार हुन्छ ।

धारा ११

अपहरण र स्थानान्तरणमा बन्देज
आमाबाबु वा अन्य व्यक्तिबाट बालबालिकाको अपहरण वा विदेशबाट नफर्काउने जस्ता कार्यको रोकथाम र समाधान गर्नु राज्यको दायित्व हो ।

धारा १२

विचार व्यक्त गर्ने अधिकार
हरेक बालबालिकाको आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार छ । बालबालिकाले व्यक्त गरेको विचारले उनको जीवनलाई प्रभाव पार्छ भने त्यो विचारलाई संबंधित पक्षले सुन्नै पर्छ । यसैले हरेक बालबालिकालाई आफ्नो जीवनलाई प्रभाव पार्ने विचारलाई मान्यता दिन कर लगाउने अधिकार छ ।

धारा १३

अभिव्यक्ति स्वतन्त्रता
अरूको अधिकार हनन नहुने गरी वा अरुलाई हानी नहुने गरी सूचना पाउनु र दिनु तथा आफ्नो बिचार व्यक्त गर्न पाउनु हरेक बालबालिकाको अधिकार हो ।

धारा १४

विचार, विवेक र धर्मको स्वतन्त्रता
हरेक बालबालिकाको अरूको अधिकार हनन् नहुने वा हानी नहुने गरी, विचार र विवेक गर्ने र धर्म मान्ने स्वतन्त्रताको अधिकार छ ।

धारा १५

संगठन सम्बन्धी स्वतन्त्रता
अरूको अधिकार उल्लंघन नहुने गरी अरूसँग भेटघाट गर्न, संघसंस्था खोल्न र सहभागी हुन पाउने हरेक बालबालिकाको अधिकार छ ।

धारा १६

गोपनीयताको संरक्षण
बालबालिकाको निजी जीवन, परिवार, घरको गोपनीयता तथा निजी पत्राचारको गोपनीयतामाथि हस्तक्षेप गर्न पाइँदैन । यस्ता हस्तक्षेपबाट सुरक्षा पाउनु हरेक बालबालिकाको अधिकार हो ।

धारा १७

उचित र आवश्यक जानकारी पाउनुपर्ने
टेलिभिजन र पत्रपत्रिकाजस्ता आमसंचारका माध्यमहरुले बालबालिकालाई सूचना दिने महत्वपूर्ण काम गर्छन् । अतः आमसंचार माध्यमहरुलाई बालबालिकाको हित गर्ने तथा उनीहरुको सांस्कृतिक पृष्ठभूमिलाई सम्मान गर्ने खालका सूचना र जानकारी दिन लगाउनु राज्यको कर्तव्य हो । साथै बालबालिकालाई हानीकारक सूचनाबाट जोगाउनु पनि राज्यको कर्तव्य हो ।

धारा १८

आमाबाबुको दायित्व
आफ्ना बालबालिकाको लालन(पालन गर्नु र हुर्काउनु आमा बाबु दुबैको जिम्मेवारी हो । यो काममा राज्यले उनीहरूलाई सघाउनु पर्छ ।

धारा १९

दुर्व्यवहार र उपेक्षाबाट जोगाउने
आमा बाबु वा बालबालिकाको स्याहार गर्ने जिम्मा लिएका व्यक्तिहरूबाट बालबालिकामाथि हुनसक्ने सबै प्रकारका दुर्व्यवहार र उपेक्षाबाट बालबालिकालाई जोगाउनु राज्यको कर्तव्य हो । राज्यले त्यस्ता काम रोक्ने र कानुनी उपचारका विशेष उपायहरू अपनाउनु पर्छ ।

धारा २०

परिवारविहीन बालबालिबाको संरक्षण
हरेक बालबालिकाको आफ्नो आमाबाबुसँग बस्न पाउने अधिकार छ । कहिलेकाहीँ बालबालिका आफ्ना आमाबुवासँग स्थायी वा अस्थायी रूपमा बस्नु असंभव हुन्छ । यस्तो अवस्थामा त्यस्ता बालबालिकाका लागि राज्यले विशेष संरक्षण दिनुपर्छ र बालगृहजस्ता कुनै संस्थामा वैकल्पिक पारिवारिक स्याहारको व्यवस्था गर्नु पर्छ ।

धारा २१

धर्मपुत्ररपुत्री राख्ने प्रक्रिया
कसैले बालबालिकालाई धर्मपुत्ररपुत्री राख्न चाहेमा यसबाट बालबालिकाको हित हुन्छ भन्ने कुरा पक्का गरेर मात्रै राख्न दिनु पर्छ । साथै बालबालिकाको हित संरक्षण र सुरक्षाका लागि सबै प्रकारका उपाय गर्नु पर्छ र अधिकारप्रात अधिकारीको स्वीकृतिबाट गराउनु पर्छ । यी सबै काम गर्नु राज्यको दायित्व हो ।

धारा २२

शरणार्थी बालबालिका
शरणार्थी बालबालिकालाई विशेष संरक्षण दिनु राज्यको कर्तव्य हो । बाल शरणार्थीहरुलाई विशेष संरक्षण गर्ने र सघाउने संस्थाहरुसँग मिलेर काम गर्नु पनि राज्यको कर्तव्य हो ।

धारा २३

अपांग बालबालिका
मानसिक वा शारीरिक रूपले अपांग बालबालिकाले सकेसम्म आत्मनिर्भर बन्न, अरुको बोझ नबन्न तथा सामान्य जीवन यापन गर्नका लागि विशेष स्याहार, शिक्षा र तालिम पाउनु उनीहरुको अधिकार हो ।

धारा २४

स्वास्थ्यसम्बन्धी अधिकार
हरेक बालबालिकाको यथासम्भव उच्चतम स्तरमा निरोगी हुने अधिकार छ । हरेक बालबालिकाले स्वास्थ्योपचार र औषधीको सेवासुविधा पाउनु पर्छ । राज्यले बाल मृत्युदर घटाउन विशेष ध्यान दिनु पर्छ । साथै हानिकारक परम्परा र व्यबहारहरुलाई निर्मूल पार्ने प्रयास गर्नु पर्छ ।

धारा २५

बालबालिकाको बासस्थानको आवधिक अनुगमनरसमीक्षा
स्याहार, संरक्षण तथा उपचारको लागि राज्यको तर्फबाट बालबालिकालाई राखिएका स्थानमा भएका सबै बन्दोवस्तबारे राज्यबाट नियमित तवरले मूल्यांकन गर्ने व्यवस्था गर्न लगाउनु त्यहाँ बस्ने बालबालिकाको अधिकार हो ।

धारा २६

सामाजिक सुरक्षा
सामाजिक सुरक्षाका लाभहरु प्राप्त गर्नु हरेक बालबालिकाको अधिकार हो । यो अधिकार कार्यान्वयन गराउन राज्यले आवश्यक सबै कदम चाल्नुपर्छ ।

धारा २७

उचित जीवनस्तरको अधिकार
आफ्नो विकासका लागि पर्याप्त र उचित जीवनस्तर यापन गर्न पाउनु हरेक बालबालिकाको अधिकार हो । सिद्धान्ततः यो व्यवस्था आमाबाबुले गर्नु पर्छ । यसका लागि राज्यले आमाबाबुलाई सघाउनु पर्छ । साथै आवश्यक भएमा पोसिलो आहार, लुगा र आवासजस्ता भौतिक सहयोग पनि उपलब्ध गराउनु पर्छ ।

धारा २८

शिक्षाको अधिकार
शिक्षा प्राप्त गर्नु हरेक बालबालिकाको अधिकार हो । राज्यले कम्तीमा सबै बालबालिकाका लागि प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क रुपमा दिलाउनै पर्छ । बालबालिकालाई नियमित रुपमा विद्यालयमा हाजिर हुन लगाउन र कम उमेरमा स्कुल छाडने बालबालिकाको संख्या घटाउन राज्यले सकेसम्म सबै उपाय गर्नु पर्छ ।

धारा २९

शिक्षाको उद्देश्य
शिक्षाको उद्देश्य बालबालिकाको व्यक्तित्व र प्रतिभा विकास गर्न, उनीहरुलाई प्रौढ जीवनतिर तयारी गर्न, मानवअधिकारको सम्मान गर्न तथा बालबालिकाका आफ्नै र अरुको पनि सांस्कृतिक र राष्ट्रिय आदर्श, मूल्यमान्यताको सम्मान गर्न लगाउनका लागि हो भन्ने कुरा बालअधिकार महासन्धिमा हस्ताक्षर गर्ने सबै राष्ट्रले के स्वीकार गरेका छन् ।

धारा ३०

अल्पसंख्यक वा आदिबासी बालबालिका
अल्पसंख्यक वा आदिवासी समुदायका बालबालिकाले आफ्नो धर्म र संस्कृति मान्न तथा आफ्नो भाषा प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो ।

धारा ३१

छुट्टी, आराम र सांस्कृतिक क्रियाकलाप
फुर्सत पाउनुरछुट्टी मनाउनु, खेलकुद, मनोरंजन तथा सांस्कृतिक र कलात्मक गतिविधिहरूमा भाग लिन पाउनु बालबालिकाको अधिकार हो ।

धारा ३२

बाल मजदुरी
बालबालिकाको स्वास्थ्य, शिक्षा वा विकासमा हानी पुग्ने खालको काम गर्नबाट बालबालिकालाई जोगाउनु राज्यको कर्तव्य हो । राज्यले बालबालिकाको काम गर्नसक्ने न्यूनतम उमेरको हद तोक्नु पर्छ र रोजगारीका परिस्थितिहरुरशर्तहरू पालन गराउनु पर्छ ।

धारा ३३

लागुपदार्थको दुरूपयोगबाट सुरक्षा
हरेक बालबालिकाको लागूपदार्थको प्रयोगबाट जोगिन पाउने तथा लागू पदार्थको उत्पादन एवं वितरणमा लाग्न इन्कार गर्ने अधिकार छ ।

धारा ३४

यौन शोषणविरुद्ध संरक्षणको अधिकार
वेश्यावृत्ति वा अश्लील चित्ररचलचित्रमा संलग्नता लगायतका सबै खालका यौन शोषण र यौन दुर्व्यवहारबाट सुरक्षित हुन पाउनु सबै बालबालिकाको अधिकार हो ।

धारा ३५

बेचविखन, ओसार पसार र अपहरणको रोकथाम
बालबालिकाको बेचविखन, ओसारपसार र अपहरणलाई रोकथाम गर्न राज्यले सबै खालका उपाय गर्नु पर्छ ।

धारा ३६

अन्य किसिमको शोषणबाट सुरक्षा
धारा ३२, ३३, ३४ र ३५ मा समावेश नभएका अन्य सबै प्रकारका शोषणबाट बालबालिकालाई राज्यले जोगाउनु पर्छ ।

धारा ३७

यातना र स्वतन्त्रताको हननमाथि बन्देज
कुनै पनि बालबालिकामाथि यातना, क्रूर व्यवहार वा सजाय नहोस् तथा कुनै पनि बालबालिकाले मृत्युदण्ड, जन्मकैद वा गैरकानुनी गिरफ्तारी भोग्न नपरोस् भन्ने कुरा राज्यले सुनिश्चित गर्नु पर्छ ।

धारा ३८

सशस्त्र संघर्षमा लगाउन नपाइने
१५ वर्षनपुगेका बालबालिकालाई सशस्त्र लडाइमा प्रत्यक्ष रूपमा लगाउनु हुँदैन । उनीहरुलाई सशस्त्र सेनामा भर्ती गराउन पनि पाइँदैन । राज्यले यो कुरा सुनिश्चित गर्नुपर्छ । धारा ३९ पीडित बालबालिकाको उपचार र सामाजिक पुनर्स्थापना सशस्त्र संघर्ष, यातना, हेला, दुर्व्यवहार र शोषणका शिकार बनेका बालबालिकालाई उपयुक्त औषधी उपचारको व्यवस्था गर्ने र आफ्नै समुदायमा फर्कन वा सामाजिक पुनर्स्थापनाका लागि आवश्यक काम गर्नु राज्यको दायित्व हो ।

धारा ४०
बालबालिकासम्बन्धी न्यायिक व्यवस्था
कुनै अपराधको आरोप लागेका वा अपराध गरेका बालबालिकाको मानवअधिकार सुरक्षित हुन्छ । आफूमाथि लागेको अभियोगको प्रतिरक्षा गर्न बालबालिकाले कानुन व्यवसायी वा अरु सहयोगी राख्न पाउँछ । यदि अपराध साबित भएर कैद सजाय भोग्नु परेमा, कारागारको विकल्पमा कुनै व्यवस्था छ भने, उनीहरुलाई कारागारमा राख्नु हुँदैन ।

स्रोतहरुको सहयोगमा

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments