Friday, July 30, 2021
घरBanner Newsगृहमन्त्रीले भने : निर्मला पन्त घटनाका दोषिलाई छिट्टै सार्वजनिक

गृहमन्त्रीले भने : निर्मला पन्त घटनाका दोषिलाई छिट्टै सार्वजनिक

२९ भदौ,काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलत्कारपछि हत्या घटनाको छानविन अन्तिम चरणमा पुगेको बताएका छन् । सघीय संसदमा सांसदले उठाएका प्रश्नको जवाफदिने क्रममा दोषिलाई कानुनी कठघरामा उभ्याइने बताएका हुन् । उनले भने “छानविन जारी छ कुनैपनि हालतमा वास्तविक दोषिलाई सरकारले छोड्दैन मन्त्री थापाले सरकार पछिल्ला दिनमा देशभर भईरहेका हत्या हिंसाका घटनाप्रति सरकार गम्भिर रहेको उल्लेख गरे ।”

उनले रोल्पाका रोहित पुनको हत्यामा संलग्न पक्राउ गरिसकेको सदनलाई जानकारी दिए । यस्तै मन्त्री थापाले खोजतलास साप्ताहीकका प्रधानसम्पादक राजु बस्नेत पक्राउ कानुनसम्मत भएको जीकिर गरेका छन् । उनले भने” अदालतले पक्राउ आदेस दिएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।” सदनमा सांसदहरुले निर्मला पन्त घटना रोहित पुनको हत्या र पत्रकार पक्राउबारे गृहमन्त्रीसंग जवाफ माग गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments