Monday, June 21, 2021
घरविश्वमोदीद्वारा प्रमुख प्रतिपक्षी आलोचना

मोदीद्वारा प्रमुख प्रतिपक्षी आलोचना

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गर्नुभएको छ । काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिनुभएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो ।

आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उहाँले गत चार बर्षमा काङ्ग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री मोदीले काङ्ग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गर्नुभयो ।

आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थाल्नुभएको छ । भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय काङ्ग्रेसकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments