Friday, July 30, 2021
घरअर्थ र विकाससरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाण्डौ । सरकारले नेपालीहरुको प्रमुख चाडपर्वलाई लक्षित गर्दै ५० भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १२ देखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्ने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान दिनका लागि सुपथ मूल्य पसल संचालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थान मार्फत उपभोक्तालाई सहुलियत दिनका लागि सुपथ मूल्य पसल संचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सुपथ मूल्य पसलमा सरकारका तर्फबाट खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास लगायतका संस्थानले प्रति केजी मोटा चामल ५ रुपैयाँ, चिनीमा प्रति केजी ५ रुपैयाँ, खसी बोका च्याङग्रामा १० रुपैयाँ, नुनमा २ रुपैयाँ, डीडीसी घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिई सामान बेच्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments