Tuesday, July 27, 2021
घरविश्वतालिबान लक्षित हवाई कारबाहीमा १८ जनाको मृत्यु

तालिबान लक्षित हवाई कारबाहीमा १८ जनाको मृत्यु

कन्दाहार: अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गरेका छन् ।

सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । सिन्ह्वा

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments