Thursday, June 17, 2021
घरसमाचारनेकपाको सचिवालय बैठक आजपनि बस्दै

नेकपाको सचिवालय बैठक आजपनि बस्दै

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ । प्रदेश र जिल्ला कमिटी गठनकालागी हिजो पेश भएको मापदण्डका बारे आज छलफल हुने बुझीएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड पेश गरेका थिए ।

दिउँसो ३ बजे बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने एक नेताले जानकारी दिए ।नेताहरुका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ । माधव नेपाल समूहले भागबण्डामा असन्तुष्टि जनाएपछि नेकपामा भ्रातृ संस्था र तल्लो तहसम्म पार्टी एकता टुंगिन सकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments