Thursday, September 23, 2021
घरBanner Newsनिर्मला हत्या प्रकरण: कांग्रेसले भन्यो- 'राज्य अपराधी जोगाउन क्रियाशील'

निर्मला हत्या प्रकरण: कांग्रेसले भन्यो- ‘राज्य अपराधी जोगाउन क्रियाशील’

काठमाडौं: नेपाली कांग्रेसले कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका बास्तविक दोषीलार्इ राज्यले नै संरक्षण गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बिहिबारको बैठकमा कांग्रेसले कञ्चनपुर घटना रहस्यमयी बन्दै गएको भन्दै बास्तविकता ढाकछेप गर्न सरकार लागिपरेको दावी गरेको हो । विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले भने ‘घटना दिनदिनै रहस्यमयी बन्दै गएको छ सरकार नै बास्तविकता ढाकछेप गर्नतर्फ लागेको छ जसले गर्दा घटना राज्य संरक्षित बन्दै गएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’

उनले घटनाको अनुसन्धानका लागि पटक पटक समिति परिवर्तन भएपनि अनुसन्धान बास्तविक दोषीसम्म नपुग्नु दुर्भाग्य भएको टिप्पणि गरे । उनले छानविन समिति सदस्य उपसचिव विरेन्द्र केसीले सुरक्षाको माग गर्दै समितिबाट राजिनामा दिनुले बास्तविकता सार्वजनिक हुनेमा शंका व्यक्त गरे ।

‘राज्यसंग मात्र नभएर संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायसंग उनले जीवनरक्षाका लागि माग सुरक्षाको माग गरेका छन्,’ सांसद बडुले भने, ‘छानविन समितिकै सदस्यले अनुसन्धानका क्रममा असुरक्षित महसुस हुनुपर्ने अवस्था कहाँबाट आयो सरकारले जवाफ दिनुपर्छ ।’

यस्तै कांग्रेसले नेपाल तरुण दल रोल्पा नगरका अध्यक्षको हत्या भएको घटनाको विरोध गरेको छ । घटनामा संलग्नलार्इ अहिलेसम्म पक्राउ नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलार्इ पक्राउ गरेको घटनाप्रति पनि आपत्ति जनाएको छ । सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालार्इ नियन्त्रण गर्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments