Wednesday, July 6, 2022
घरBanner Newsडोटीमा बस दुर्घटना, २४ जना घाइते

डोटीमा बस दुर्घटना, २४ जना घाइते

डोटी: डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ९११४ नम्बरको बस बिहीबार बिहान करिब ३ बजे डोटीको जोरायल गाउँपालिका २ अठासीको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

गम्भीर घाइतेमा दार्चुला मार्मा- १ का वर्ष ३८ का अम्मरसिंह ठगुन्ना, कञ्चनपुर बेदकोट ६ का वर्ष ३० का हरदसिंह भण्डारी, वर्ष १७ का वीरेन्द्र भण्डारी, सुर्खेतका २४ वर्षीय प्रदीप सुनार लगायत रहेका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments