Sunday, September 26, 2021
घरविशेषदृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बयान लिएर छोड्यो

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बयान लिएर छोड्यो

काठमाडौं: दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रहरीले बयान लिएर छोडेको छ । प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेपछि सम्पादक श्रेष्ठ आफै प्रहरी कार्यालयमा पुगेका थिए । पत्रिकामा प्रकाशित समाचारको विषयमा महानगरीय प्रहरी परिसर ललितपुरले उनलार्इ बयानका लागि बोलाएको थियो ।

प्रहरीले जम्मा एउटा मात्रै प्रश्न ‘तपाईको समाचार साभार गर्नुअघि अनुमति लिएको थियो वा थिएन ?’ सोधेर सम्पादक श्रेष्ठलाई छोडेको दृष्टि साप्ताहिकमा समाचार छ । जाहेरीवालाले कुनै आरोप समेत नलगाएको तर यसअघि पक्राउ परेका पत्रकार राजु बस्नेतले दृष्टिबाट समाचार साभार गरेको भनि बयान दिएको आधारमा महानगरीय प्रहरी परिसरले पूर्जी जारी गरेको थियो ।

सम्पादक श्रेष्ठसँगै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका का.बा. अध्यक्ष किशोर श्रेष्ठ, सदस्य गोपाल बुढाथोकी तथा बरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठी सम्पादकसँगै प्रहरी परिसर ललितपुर पुगेका थिए । दृष्टिको समाचार साभार गर्ने पत्रकार राजु बस्नेत अझै प्रहरी हिराशतमै छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments