२७ भदौ , काठमाण्डौ । पार्टीको तल्लो कमिटिको एकता प्रक्रियामा देखिएको समस्या तथा सरकारको कामकारबाही लगायत बिषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने जनाईएको छ । बिहान ११ बजेका लागि बैठक बोलाईएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्ताताका कारण दिउँसो तीन बजजेका लागि सारिएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।
पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया नटुंगीएपछि त्यसको स्पष्ट मापदण्ड बनाउन बैठक बोलाइएको हो । सरकारका मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टी भित्रै चर्को असन्तुष्टी भएपछि नेकपाले सचिवालय बैठकमै त्यसको समिक्षा गर्न लागेको हो ।