२७ भदौ,काठमाण्डौ । नारायणगढ मुग्लिनसडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बन्द भएको १८ घण्टापछि एकतर्फी सञ्चालनमा आएको नारायणगढ मुग्लिनसडक खण्ड त्यसको १८ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । सोमबार राति साढे एक बजे झरेको पहिरोको कारणले सडक अवरुद्ध भएको थियो । हिन्दू नारीहरुको ठूलो चाड तीजको अघिल्लो दिन सडकखण्ड अवरुद्ध भएकोले अन्य जिल्लाबाट दर खान माइत हिडेका महिलाहरु सडकमा रातभर अलपत्र परेका थिए ।