Tuesday, October 26, 2021
घरBanner Newsसाफको  फाइनल खेल्ने नेपालको सपना अधुरै  

साफको  फाइनल खेल्ने नेपालको सपना अधुरै  

काठमाण्डौ । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।चौथो पटक साफको सेमिफाइनल खेलेको नेपालको फाईनल खेल्ने सपना यो पटक पनि अधुरै रह्यो । सुरुवातमै गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो ।

माल्दिभ्सकालागी खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले गोल गरेका थिए । घानीको गोलसंगै अग्रता लिएको माल्दिभ्सकालागी खेलको ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।

अघिल्लो लेखमाफेरिँदै तीजको तरिका
अर्को लेखमाआजको विनिमय दर 
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments