Monday, June 21, 2021
घरBanner Newsआज हरितालिका तीज, उमा-महेश्वरको पूजा-आराधना गरी मनाइँदै

आज हरितालिका तीज, उमा-महेश्वरको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं : आज हरितालिका (तीज) पर्व, उमा महेश्वरको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजका दिन व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । आज विहानै काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा महिला भक्तजनको भीड लागेको छ । महिलाहरुले तीनलार्इ विशेष पर्वका अवसरमा मनाउने गरेका छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने ।

पशुपतिनाथ मन्दिरमा पुजाका लागि तीन वटा मार्गको व्यवस्था

हरितालिका (तीज)मा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ।

मित्रपार्क-गौरीघाट-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्‍याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।

यसैगरी तेस्रो मार्ग वनकाली-चारशिवालय-पञ्चदेवलपूर्व-बज्रघर-दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । पशुपतिनाथमा भक्तजनकाे सुविधाका लागि बिहान तीन बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments